newskoseli.Com

‘लाइसेन्स फेल’ चिकित्सक पनि राष्ट्रपतिद्वारा विभुषित !

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक–पटक अनुत्तीर्ण व्यक्ति समेत ‘चिकित्सक’ कै रुपमा आइतबार राष्ट्रपतिद्वारा विभुषित भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नीलकण्ठ नगरपालकिा– ३, शान्तबजार, धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) पदकबाट विभुषित भएका हुन् । मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन । तर, क्षेत्रीलाई चिकित्सककै हैसियतमा पदक दिइएको खुल्न आएको छ ।

बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक–पटक अनुत्तीर्ण भए पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालयस्थित उच्च स्रोतको भनाइ रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर