newskoseli.Com

नयाँ प्रहरी ऐनले बढायो प्रहरीभित्रै विवाद : सेवाहदको यस्तो छ राजनीति

नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् ।

दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । ०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसबेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आईजीपी बनाउन ३० वर्षे सेवाहद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो । ०६५ मा फेरि सेवाहद लागू भएपछि यो कायमै छ ।

सेवाहदसम्बन्धी प्रावधान नियमावलीमा हुँदा मन्त्रिपरिषदले सहजै संशोधन गरी आफूअनुकूल निर्णय गर्दै आएको खबर नवराज मैनालीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर