newskoseli.Com

बदमास १४ पूर्वप्रधान न्यायाधीश : जसले फिर्ता गरेनन् सरकारी गाडी, बरू सेतो नम्बर प्लेटलाई रातो बनाए

सर्वोच्च अदालतका १४ पूर्वप्रधान न्यायाधीशले नियमविपरीत सरकारी गाडीको ‘सुविधा’ प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका छन् ।

१ चैत, ०७४ मा अवकाश पाएका पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीले १ करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फर्च्युनर फिर्ता गरेका छैनन् । पराजुलीपछि प्रधान न्यायाधीश बनेका ओमप्रकाश मिश्रले अवकाश हुनुभन्दा केही समयअघि मात्रै खरिद गरेको टाटा स्ट्रोम लगेका छन् ।

सरकारी सुविधाको सबैभन्दा महँगो गाडीलाई अवकाशपछि ‘निजी’ बनाएर प्रयोग गर्ने पूर्वप्रधान न्यायाधीश हुन् कल्याण श्रेष्ठ । उनले करिव साढे २ करोड रुपैयाँको टोयोटा ल्यान्डक्रुजर गाडी लगेका छन् । अवकाशपछि उनी सोही गाडी चढेर सर्वोच्च आएका बेला अदालतका कर्मचारीले चाबी खोसेर तत्कालीन मुख्य रजिस्ट्रार डा. राजन भट्टराईलाई बुझाएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर