newskoseli.Com

विप्लव निकटलाई पनि राष्ट्रपतिद्वारा पदक

‘ध्वंसात्मक गतिविधि’ को आरोपमा सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक पनि ‘प्रबल जनसेवाश्री’ पदकबाट ‘सुशोभित’ भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक प्रदान गर्दै ‘सुशोभित’ गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् ।

प्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्ष मात्र उनी सो संगठनको अध्यक्ष बनेका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनको अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययन–अध्यापनमा अब्बल रहेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर