newskoseli.Com

‘प्रभावशाली’ मन्त्रीहरुले नै ‘बहिष्कार’ गरे प्रधानमन्त्रीको सम्बोधन !

नयाँ वर्ष– २०७६ को शुभकामना सहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका ‘प्रभावशाली’ मन्त्रीहरु नै उपस्थित भएनन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानी मन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।

काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरुले चाहिँ काठमाडौं बाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रमलाई ‘छलिदिएको’ खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर