newskoseli.Com

सत्ताधारी नेकपा : सहमति नभए पेलेरै ‘एकता’ गर्ने ओली–प्रचण्डको तयारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहका कमिटीहरु टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र प्रचण्ड भने वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।

अध्यक्ष ओली र प्रचण्डबीच यस विषयमा पटक–पटक छलफल भएको छ । अहिलेसम्ममा नेकपाको सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएका छन् । घोषणा भइसकेको प्रदेश कमिटीका विषयमा समेत ओली, प्रचण्ड र नेपालबीच विवाद कायमै छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, विभागहरु र जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन नसकेको खबर सुभाष साहको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर