newskoseli.Com

ढलान भएको दोस्रो दिनमै ‘पक्की’ पुल गर्ल्यामगुर्लुम्म !

गुल्मीको बडीगाढ खोलामा निर्माणाधीन ‘पक्की’ पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका– ३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो । बीचमा पिलर नभएको ५५ मिटर लामो सो पुल २०७३ मा सम्झौता भई २०७४ मा निर्माण थालिएको थियो ।

अहिले यसको अनुगमनको जिम्मा प्रदेश– ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको खबर शिवलाल सुवेदीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर