newskoseli.Com

सुनुवाइ न्यायाधीशको, उजुरी चाहिँ प्रधान न्यायाधीशविरुद्ध !

सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच जना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया संसदीय सुनुवाइ समितिले एकै पटक अगाडि बढाएको छ ।

सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी समितिले मङ्गलबार सार्वजनिक समेत गरेको छ । प्रस्तावित पदाधिकारीविरुद्ध समितिले उजुरी माग गरे पनि एक उजुरीकर्ताले भने न्याय परिषदको सिफारिससँग जोडेर प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नै उजुरी दर्ता गरेका छन् ।

परिषदका अध्यक्ष प्रधान न्यायाधीश हुने संवैधानिक व्यवस्था छ । प्रधान न्यायाधीश स्वयं विवादित व्यक्ति भएको दावी गर्दै ती उजुरीकर्ताले अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले गरेको सिफारिस बदर गर्न माग गरेका छन् । प्रस्तावित पदाधिकारीविरुद्ध भने उक्त उजुरी मौन छ ।

तीन उजुरीकर्ताले यसअघि जबरा प्रधान न्यायाधीश सिफारिस हुँदाका क्रममा पनि उक्त उजुरी दर्ता गरेका थिए । उजुरीमा भएका विवरण यसअघि जबरा प्रधान न्यायाधीशमा सिफारिस हुँदा दर्ता भएकै हुबहु छन् । समितिले उक्त उजुरी अध्यनका लागि मङ्गलबार सांसदहरूलाई उपलब्ध गराएको खबर नारायण काफ्लेको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशति छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर