newskoseli.Com

प्रधानमन्त्रीद्वारा आकाशबाटै सिक्टाको ‘निरीक्षण’ : बेवास्ता गरेको स्थानीयको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मूल नहरको प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगञ्जका स्थानीय निकै उत्साहित देखिन्थे ।

राष्ट्रिय गौरवको आयोजना सिक्टाको दूरावस्था प्रधानमन्त्रीले आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । प्रधानमन्त्रीको सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए ।

तर, प्रधानमन्त्री ओली भने आकाशबाटै नेपालगञ्ज फर्केपछि शमशेरगञ्जमा उपस्थित स्थानीय वासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परे । प्रधानमन्त्रीले आफूहरुलाई बेवास्ता गरेको गुनासो स्थानीयवासीले गरेको खबर अर्जुन ओलीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर