newskoseli.Com

रकमान्तर गरेरै प्रधानमन्त्री निवासमा करोडको सीसी क्यामरा

सरकारले प्रधानमन्त्री निवासमा १ करोड मूल्यका सीसी क्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा १ करोड रुपैयाँ रकमान्तर गरी निकासा भएको छ ।

यो रकम प्रधानमन्त्री निवास बालुवाटारमा सीसी क्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले ८ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्री निवासमा सीसी क्यामरा जडानका लागि १ करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको छ ।

अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिव ९ अर्ब रकमान्तर गरेको हो । दुई साताअघि अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएको खबर अच्युत पुरीको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर