newskoseli.Com

४ करोड ३५ लाख खर्चेर प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रूम’ !

प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको भुईं तलामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माणकार्य तीव्र गतिमा भइरहेको छ । त्यसको लागत ४ करोड ३५ लाख रुपियाँ रहेको छ । नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले व्यक्त गरे ।

राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सात वटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम सातादेखि सञ्चालनमा आउने जानकारी उनले दिएको खबर भउचप्रसाद यादवको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर