newskoseli.Com

‘टुटल’ लाई साढे ३ करोड कर, ‘पठाओ’ माथि छानविन जारी

‘राइड सेयरिङ’ सेवा दिने कम्पनी ‘टुटल’ ले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व कार्यालय ललितपुरले करिव ३ महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै सो कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो ।

‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो’– राजस्व कार्यालय स्रोतले भन्यो ।

‘टुटल’ पछि बंगलादेशी कम्पनी ‘पठाओ’ ले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । ‘पठाओ’ ले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानबिन गरिरहेको खबर कृष्ण आचार्यविजय तिमल्सिनाको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर