newskoseli.Com

हावाहुरीसहित व्यापक असिना–पानीको अनुमान, उच्च सतर्कताको अपिल : के हो ‘एलनिनो’ वा ‘लानिना’ ?

विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो ।

तर, यस वर्ष भने पूर्वमनसुन अर्थात् प्रि–मनसुन नै वर्षाजस्तै भएको छ । दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यस वर्ष हिउँ सकिने बित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको बायुको तापक्रम र समुद्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ ।

यसै अनुमान अनुसार शुक्रबार–शनिबारसम्म देशभर हावाहुरी सहित व्यापक असिना र पानी पर्ने भन्दै उच्च सतर्कता अपनाउन मौसविदहरूले नागरिकहरूमा आग्रह गरेको खबर चाँदनी हमालको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर