कतारले नेपालको खानेपानी आयात गर्न चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ ।
यस विषयमा खानेपानी मन्त्रालयले शुक्रबार सरोकारवालाहरूसँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरे । मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने प्रतिवेदनमा जनाइएको छ । खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना प्रतिवेदनमा देखाइएको छ ।
नेपालमा दैनिक कूल २ सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ । त्यसको १५ प्रतिशत मात्रै नेपालको कूल उपभोग क्षमता रहेको खबर तीर्थराज बस्नेतको बाइलाइनमा नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।