newskoseli.Com

सरकारसँग वार्ता गर्न विप्लवमाथि ‘दबाब’ ! के भन्छन् विप्लव ? (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफ्नो पार्टीभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ ।

पोलिब्युरो सदस्य तथा पूर्व कमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न विप्लवलाई दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग विप्लव प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमै छन् ।

वार्ताका लागि महासचिव तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनी समेत नेताहरुले विप्लवलाई दिएको सो पार्टी निकट स्रोतले बताएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

र, यो पनिः

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर