newskoseli.Com

यसरी हुँदै नेकपाको एकता : तत्कालीन जिल्ला अध्यक्ष नै अध्यक्ष वा सचिव बन्दै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

पूर्वमाओवादीले अध्यक्ष पाएका जिल्लामा पूर्वएमालेका तत्कालीन जिल्ला अध्यक्ष सचिव बन्ने र पूर्वएमालेले अध्यक्ष पाएका जिल्लामा पूर्वमाओवादीका तत्कालीन अध्यक्ष सचिव बन्ने गरी जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ रै जिल्लामा जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

जिल्ला कमिटीमा तत्कालीन अध्यक्ष रहेकालाई नेतृत्वमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच आइतबार बिहान सहमति जुटेपछि एकता प्रक्रिया टुंग्याउन सचिवालय बैठक बसेको थियो । बैठकले शीर्ष तहमा सहमति जुटेअनु्सार नै जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लाको नेतृत्व पाउने निर्णय गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर