newskoseli.Com

‘अगुवा’ कै यस्तो छुवाछुत र भेदभाव : विवाहमा दक्षिणा दिए, भोज चाहिँ खाएनन् !

जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही गरिने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिइरहेका छन् ।

यसैको पछिल्लो उदाहरण बनेको छ– शुद्धोदन गाउँपालिका– ४, फर्साटिकर, रुपन्देहीकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरुबाट प्रदर्शित व्यवहार । वैशाख ५ मा भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका ‘अगुवा’ हरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला–बेहुलीलाई आशिर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट प्राप्त दक्षिणा समेत फिर्ता गरिदिएको खबर विनोद परियारको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर