newskoseli.Com

चार्टर्ड जहाजमा चीन जाँदै राष्ट्रपति : ३ दिनको भाडा १ करोड ६५ लाख

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ ।

निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो १ सय ५८ सिटे जहाज हो । ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको जानकारी निगमका सहप्रवक्ता नवराज कोइरालाले दिए ।

तीनदिने चार्टर्ड उडानको लागि लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिएको खबर दिवाकर पन्तको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर