newskoseli.Com

सत्ताधारी नेकपा : यसरी फुक्यो विवादको गाँठो, ६ महिनाभित्र सम्मेलन, १ वर्षभित्रै महाधिवेशन !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी एक वर्षभित्रै पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ ।

पार्टीको सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै नेकपाले ६ महिनाभित्र तल्ला सबै तहको सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । अध्यक्ष प्रचण्डमार्फत महाधिवेशन गर्ने घोषणा गरिए तापनि मिति भने तय गरिएको छैन । गत वर्ष जेठ ३ मा सो पार्टीको केन्द्रीय तहको एकीकरण घोषणा हुँदा तीन महिनाभित्रै पार्टीको सांगठनिक एकता सम्पन्न गर्ने बताइएको थियो । तर, ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिँदा एकता प्रक्रियाले पूर्णता पाएको थिएन ।

केन्द्रमा एकता भएको लामो समयपछि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर सत्ताधारी नेकपाले ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । विगतमा पूर्वपार्टीहरू एमाले र माओवादी केन्द्रमा जिल्ला अध्यक्ष वा प्रमुख रहेकाहरुलाई नै अहिले अध्यक्ष वा सचिव बनाइएको छ ।

नेकपाले यसअघि नेताहरूलाई दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए तापनि अहिले त्यसलाई खारेज गरेर जनप्रतिनिधि रहेकाहरु नै भए पनि विगतमा जिल्ला प्रमुख रहेका तथा केन्द्रीय कमिटीमै परेका समेतलाई जिल्ला अध्यक्ष वा सचिव बनाइदिएर विवादको गाँठो फुकाएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर