newskoseli.Com

को–को हुन् दोहोरो जिम्मेवारी पाउने नेकपाका ५३ नेता ?

नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १ सय ५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् ।

केही नेताले भने तेहेरो जिम्मेवारी पनि पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । यस्तै, विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिकामा छन् । नेकपाले केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटीको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । ७ केन्द्रीय सदस्य जिल्ला कमिटीका अध्यक्ष भएका छन् भने ९ केन्द्रीय सदस्य जिल्ला कमिटीको सचिव बनेका छन् ।

नेताहरुलाई दोहोरो जिम्मेवारी दिइएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ र कतिपयले पदीय जिम्मेवारी समेत त्यागेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर