newskoseli.Com

जनप्रतिनिधिको कालो ‘धन्दा’ : भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस

भारतीय नागरिकलाई झापामा नेपाली नागरिकता बनाइदिन लागेको घटना सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका– २, का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो ‘जेठो छोरा’ बनाएर भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन बुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र समेत देखाएपछि घटना सार्वजनिक भएको खबर शुक्रबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर