newskoseli.Com

दुरी जम्मा ५ सय मिटर, चिठी पुग्न लाग्यो साढे ६ महिना !

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिव पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते बल्ल महासंघको सम्पर्क कार्यालय जिमीपोखरी टोल आइपुगेको खबर खगेन्द्र अधिकारीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर