newskoseli.Com

देशैभर नेता थप्ने सत्ताधारी नेकपाको यस्तो तयारी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी ४ जनाका दरले देशभर २८ जना पदाधिकारी थपिने भएका छन् ।

केन्द्रीय सदस्यको कार्यविभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने नेकपाको तयारी छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चार जनासम्म सहइन्चार्ज थपिँदै छन् ।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश– ३ मा थपिने भएका छन् । प्रदेश– ३ मा कम्तिमा ४ सहइन्चार्ज थपिँदै छन् । हालसम्म भने प्रदेश– १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज रहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर