newskoseli.Com

२२ हजार दरबन्दी थप्न प्रहरीको माग

विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ ।

७ सय ५० नयाँ कार्यालय स्थापना र ४ सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ’– सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारी साधन समेत आवश्यक रहेको उनको भनाइ भएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर