newskoseli.Com

४ वर्षअघिको भूकम्पमा ज्यान गुमाएका ३१ जनाको अझै भएन सनाखत !

०७२ मा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवैशव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने भन्ने चुनौती पोस्टमार्टम गर्ने चिकित्सकलाई खडा भयो ।

डा. श्रेष्ठ भन्छन्– ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गर्दा पनि ३४ वटा शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो । ‘सनाखत नभएका शव स्टोर गर्न ४–५ फिट मुनि गाडेर राखियो र बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो’– उनले भनेको खबर दिनेश गौतमको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर