newskoseli.Com

सुत्ने पलङ दाइजोमा नल्याएको भन्दै हत्या !

दाइजोमा लाखौं रूपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।

गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्डाएको आरोप माइती पक्षले लगाएको हो । दाइजोस्वरूप माइतीबाट सुत्ने पलङ नल्याएको निहुँमा राजदेवी नगरपालिका– ३, चण्डिहा, रौतहटका २४ वर्षीय विवेक तिवारीकी २२ वर्षीया श्रीमती निशा उपाध्यय तिवारीलाई चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याएकाे मृतकका दाजु दिलिप उपाध्यायले बताएको खबर मदन ठाकुरको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर