newskoseli.Com

धोबीखोलाको जग्गा पनि व्यक्तिकै नाममा

धोबीखोला वरपरको सरकारी जग्गा पनि व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।

नक्सा सुधारका नाममा करिव ४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । नीलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन कित्ता नम्बर १०२–०९८७–१५ मा साविक नक्सा भिडाई कायम साविक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिएको खबर प्रशान्त लामिछानेको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर