newskoseli.Com

नेकपाको एकता : जिल्ला टुंग्याउन प्रदेशलाई सर्कुलर, स्थानीय तह जिल्लाले नै टुंग्याउने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रमा एकता भएको एघार महिनापछि जिल्ला कमिटीका अध्यक्ष र सचिव चयन गरे पनि अन्य सांगठानिक एकता प्रक्रिया भने अझै बाँकी नै छ ।

वैशाख ९ मा ७७ जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठनिक एकताका बाँकी काम अगाडि बढाउन नसकेको हो । त्यसयता दुई पटक पार्टीको सचिवालय बैठक बसे पनि सांगठनिक एकताको गाँठो फुकाउन सकेको छैन । नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यहरुको छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्युरो गठन, केन्द्रीय विभागहरुको गठनलगायतका काम अगाडि बढन सकेका छैनन् ।

जिल्ला कमिटीलाई पूर्णता दिन सचिवालयले प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरेको छ । यसअघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भए पनि केही जिल्लामा भने विवाद रहेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर