newskoseli.Com

‘छाती पिटी–पिटी रोऊँजस्तो लाग्छ’ : घनश्याम भुसाल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिका सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् ।

पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हालत छाती पिटी–पिटी रुनु पर्नेजस्तो भएको टिप्पणी गरेका छन् । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौं, गुटले पार्टीभित्र व्यक्तिहरुको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीका नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरु के हुन्छ ?’ पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले बिहीबार भने– ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तै छ, गीतले भन्थ्यो– हेर देशको हालत कस्तो छ, छाती पिटी–पिटी चिच्याउनुजस्तो छ… त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’

चर्चित युवानेता भुसालको अभिव्यक्तिबारेको यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर