newskoseli.Com

महिलाको स्मरणशक्ति पुरूषको भन्दा बढी

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छिन्– ‘हामीले २० देखि ८२ वर्षसम्मका २ सय ५ जनामाथि यो अध्ययन गरेका थियौं, यी सबै मानिस पूरै स्वस्थ थिए ।’ उनले भनिन्– ‘हामीले यो देख्न चाहेका थियौं कि उमेरसँगै कसरी मेटाबोलिज्म परिवर्तन हुन्छ ।’

मेटाबोलिज्म मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो, यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ । यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ । मानसिक स्वास्थ्यसम्बन्धी यो सामग्री शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर