newskoseli.Com

‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै’ !

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उदघाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए । सरकाले सबै काम एक्लै गर्छु नभनेको पनि उनले बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनले आग्रह गरे ।

सत्ता गुमेको छट्पटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताउँदै उहिल्यै कांग्रेस नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले बोलेका कुरा अहिले केपी ओलीले पूरा गर्दै अगाडि बढेको दावी समेत मन्त्री बाँस्कोटाले गरेको खबर मधुसुधन तिमल्सिनाको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर