जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले प्रारम्भिक तयारी अघि बढाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसँगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षा गरेर आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । नीति तथा कार्यक्रमको स्वीकृतिसँगै आयुक्तहरु सरकारसँग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा मात्रै सीमित भएको थियो ।
उपनिर्वाचनको तयारीको लागि आयोगले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि यसअघि औपचारिक प्रक्रिया अघि नबढेको खबर सुनील महर्जनको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।