newskoseli.Com

मानवीय विनाश : पृथ्वीबाट १० लाख जीव र वनस्पति लोप हुने खतरा

मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ ।

सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरैभन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ ।

तर, यसका लागि मानवले प्रकृतिसँग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतय परिवर्तन ल्याइनुपर्ने बताइएको छ । मानवजातिले हाम्रो बालीमा परागसेचन गराउने माहुरीदेखि बाढीपहिरो रोक्ने वनजंगलसम्मका इकोसिस्टमा नकारात्म असर पारिरहेको बुझिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर