newskoseli.Com

२०–२० किलोमिटरमा सुरक्षा पोस्ट : राजमार्ग बन्द भए १० मिनेटभित्रै खुलाइने

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्रै खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।

विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दुरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित ८ वटा ठूला एम्बुलेन्स समेत खरिद गरेको छ ।

त्यस्ता एम्बुलेन्सले एकै पटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् ।

‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि’ चैतदेखि कार्यान्वयनमा आएको हो, जसमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र रूपमा उद्धार गर्ने उद्देश्य राखिएको छ । बन्द–हडताल तथा प्राकृतिक विपतका कारण सडक बन्द भए पनि तत्काल सबै निकायसँग समन्वय गरी खुलाइने जिम्मेवारी कार्यविधिमा तोकिएको छ । कार्यविधि कार्यान्वयनका लागि सबै निकायमा पठाइएको गृह मन्त्रालयले जनाएको खबर बिहीबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर