newskoseli.Com

सभामुख महराले कानुनविपरीत किन बढाए सुविधा ?

सभामुख कृष्णबहादुर महराले संघीय संसद् सचिवालयका पदाधिकारी तथा स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा कानुनविपरीत बढाएका छन् ।

उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर, सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नै सचिवालय तथा उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र उपाध्यक्ष शशीकला दाहालको स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त भत्ताको रकम राज्यकोषले बेहोर्ने गरी ५० प्रतिशत सुविधा बढाएका हुन् ।

सभामुख महराले वैशाख १२ मा व्यवस्थापन समितिको बैठक बोलाएका थिए । चैत २१ मा बसेको मन्त्रिपरिषदको बैठकले अतिरिक्त समय काम गरेबापत कर्मचारीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर