श्रीमतीलाई पेट्रोल छर्केर जलाई हत्या गरेको आरोपमा सहिद नगरपालिका, चिरैयाटोल, धनुषाका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ ।
मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । २४ वर्षीय मुकेशले १९ वर्षीया श्रीमती निर्मलादेवीलाई ५ वैशाखमा जलाएको जानकारी धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले दिएका छन् ।
भाउजू श्यामादेवीसँग मिलेर मुकेशले निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पुर्याइएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको खबर हदिश खुद्दारको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।