newskoseli.Com

तानाशाह बन्दै सरकार : ‘प्रतिष्ठामा आँच पुर्‍याउने’ पत्रकारलाई १० लाखसम्म जरिवाना !

पत्रकारले ‘आचारसंहिता उल्लघंन’ गरेर कसैको ‘मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने’ गरी समाचार प्रकाशन–प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर सरकारले विधेयक अद्दि बढाएको छ ।

प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६’ ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो ।

‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ’– विधेयकमा उल्लेख रहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर