newskoseli.Com

कुलमानको चेतावनी : ‘बिल नतिर्ने उद्योगीको लाइन काटिदिन्छौं’

महशुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ ।

एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो । यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइन हुन् । यस्तो विशिष्टीकृत सुविधा उपभोग गरेर पनि २०७३ देखि बिजुलीको महशुल नतिरेका ग्राहकको लाइन काटिदिने चेतावनी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएका हुन् ।

तीन वर्षदेखि यस्ता उच्च प्रभावशाली ग्राहकबाट विद्युत् महशुल नउठाएर उनीहरूलाई विशेष सुविधा दिइरहेको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार विशिष्ट प्रकृतिको सुविधा उपभोग गरेबापत करिव ४ अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ । ‘रकम नतिरे ती उद्योगको लाइन काटिनेछ’– उनले भनेको खबर राजु बास्कोटाको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर