newskoseli.Com

पटक–पटक ‘आतंककारी’ बन्नुपर्दाको यो पीडा !

अभिनयको सिलसिलामा धेरै यात्रा गरें मैले । विमानस्थल पानीपँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद् रहेन ।

म अभिनय गर्ने मान्छे । पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर बेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, युरोपेली समाजमा मलाई धेरै अप्ठ्यारो महशुस हुन थाल्यो । फैलँदै गरेको मेरो बहुआयामिक चिनारी नै संकटमा परेजस्तो लाग्न थाल्यो ।

सन् १९८० ताकाको एउटा घटना सम्झन्छु । सानै थिएँ । एक दिन दाइसँगै घर फर्कंदै थिएँ । घर नजिकै पुग्न लागेथ्यौं हामी, एक्कासि एक जना गोराले हाम्रो बाटो छेक्यो । ऊ थियो खुंखार रंगभेदी । उसले दाइको गर्धनमा चक्कु तेर्स्यायो, हामी कालोनीलो भयौं । एक दशकपछि एउटा ‘पाकी’ले उसैगरी मेरो गर्धनमा चक्कु तेर्स्यायो । ‘पाकी’ सन् ९० तिरको चल्तीको शब्द हो, फूर्तिफार्ती र हुलदंगा गर्ने एसियाली मूलका बेलायती युवा र अपराधी समूहलाई लक्षित गरी प्रयोगमा ल्याइएको ।

म नराम्ररी फसेको चाहिँ बेलायतकै लुटन विमानस्थलमा हो । मेरो हातमा हतकडी थियो, पाखुरा टनटन दुख्दै थियो । बेलायती गुप्तचर अधिकारीले मलाई नियन्त्रणमा लिइसकेका थिए । ‘नाइन इलेभन’ पछिको समय थियो । मलाई मुसलमान भएको कारण समातिएको रहेछ । जातिभेद र रंगभेदको अमानवीय व्यवहारसम्बन्धी रिज अहमदको यो अनुभूति शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर