newskoseli.Com

बेहोसी पाइलटले जब विमान उडाए…

अस्ट्रेलियाका एक ‘ट्रेनी पाइलट’ ले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् ।

प्राप्त जानकारी अनुसार आफ्नो निद्रा पूरा नगरेको र खाना पनि नखाएको अवस्थामा उनले विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ मार्चमा यो गम्भीर घटनाको विषयलाई लिएर एक रिपोर्ट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल (फ्लाइट ट्रेनिङ एडिलेड) को विमानलाई समावेश गरिएको थियो ।

एटीएसबीले भनेको छ– ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’ अस्ट्रेलियाको एबीसी न्युजले भेनेको छ– ‘आफ्नो ४० मिनेट लामो यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयमा उनलाई टाउकामा दुखाई महशुस भएको थियो । त्यसपछि उनले अटोपाइलट खोले ।’

डायमन्ड डीए– ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा अनुमतिविनै प्रवेश गरेको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर