newskoseli.Com

कांग्रेसको चेतावनी : प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गराइछाड्छौं

सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उदघोष गरेको छ ।

मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगका रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उद्देश्यका साथ मन्त्रिपरिषदबाट पारित गरी संसदमा दर्ता गराएको विधेयकप्रति गम्भीर असहमति जनाउँदै पत्रकार महासंघलगायत सरोकारवाला निकायहरु आन्दोलित भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत यो विधेयकलाई फिर्ता गराएरै छाड्ने उदघोष गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले कम्युनिस्ट सरकारले ल्याएको यो विधेयकमार्फत प्रेस स्वतन्त्रतामाथि नै ‘कु’ गर्न खोजेको आरोप लगाए । अभिव्यक्ति स्वतन्त्रतालाई हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने उक्त विधेयक कांग्रेसलाई स्वीकार्य नहुने सभापति देउवाले बताएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर