भारतमा जारी लोकसभा चुनावको प्रभाव नेपालको भान्सा–भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य १०० देखि १ सय ५८ प्रतिशतसम्मले बढेको छ ।
भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्य समेत कासिएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूची अनुसार भान्साको अनिवार्य उपज गोलभेंडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेंडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म रहेको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।