कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौंतारिइरहेका थिए । कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा, करिव ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु आकुलब्याकुल देखिन्थे ।
उपराष्ट्रपति नन्दबहादुर पुनको ‘स्वागत’ का लागि ‘अनिवार्य उपस्थित हुन’ पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याएका थिए । एक घन्टासम्म पैदल हिँडेर कार्यक्रममा आएकामा विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खालि खुट्टै हिँडेका थिए ।
नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनु परेको कटहरिया– १ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले बताएको खबर शिव पुरीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।