newskoseli.Com

मन्त्री मात्रिकाले समाते कर्मचारीको कठालो, अनि थर्काए– ‘थुन्दिम् ?’

‘समाचार संकलनका क्रममा म मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिकाप्रसाद यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको आवाज आयो ।

तत्काल त्यहाँ पुगें, केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरुले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए ।

मन्त्रीः पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नू, नभए यही थुन्नू । (बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।)’ मन्त्री–कर्मचारीबीच बुधबार भएको तनावको यस्तो शब्दचित्र राजु चौधरीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर