newskoseli.Com

पूर्वएमोलबाट १६, पूर्वमाओवादीबाट ६ संगठनको नेतृत्व : साढे ३ हजारले पाए जिम्मेवारी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएको छ । यो एकीकरणसँगै करिव ३ हजार ५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् ।

२६औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालय परिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ ।

‘पुच्छर’ हटाएर जनसंगठनको नयाँ नाम, केन्द्रीय कमिटीको पनि तोकियो संख्या

साविक एमाले र माओवादी केन्द्रका जनसंगठनहरुको एकीकरणसँगै केन्द्रीय सचिवालयले नयाँ संगठनको नाम पनि अनुमोदन गरेको छ । जनसंगठनहरूको पूर्वनामबाट ‘पुच्छर’ हटाएर अधिकांशको नाम नयाँ बनाइएको छ ।

पूर्वएमाले पक्षले नेतृत्व पाएको अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय छ । नेपाल भूमिहीन सुकुम्बासी संगठन ९९ सदस्यीय र अनेरास्ववियु २ सय ५१ सदस्यीय तोकिएको छ भने ट्रेड युनियन महासंघ नेपाल, पेसागत महासंघ नेपाल र जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ सदस्यीय हुने भनी केन्द्रीय सदस्य संख्या तोकिएको खबर शुरोजंग पाण्डेको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
नेकपाले घोषणा गर्‍यो २२ जनसंगठनको एकता र नेतृत्व : कुन–कुनमा को–को ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर