newskoseli.Com

भारतमा मोदी नै दोहोरिने प्रक्षेपण

भारतमा १७औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मतसर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेका छन् ।

सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिएको खबर सुरेशराज न्यौपानेको बाइलाइनमा साेमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर