काठमाडौं उपत्यकाबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो । यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा एक वर्षभित्र यस्ता सवारी हटाउन खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीले जानकारी गराएको खबर साेमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।