newskoseli.Com

संसदबाट पारित विधेयक राष्ट्रपति भण्डारीद्वारा पहिलो पटक फिर्ता (पत्रसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो ।

संसदले पारित गरेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता गरिएको यो पहिलो पटक हो । प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयकबारे ६० दिनभित्र पनि राष्ट्रियसभाले कुनै निर्णय नगरेको भन्दै प्रमाणीकरणका लागि प्रतिनिधिसभाले राष्ट्रपति कार्यालय पठाएको थियो । दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो ।

विगतमा रामवरण यादव राष्ट्रपति हुँदा नेपाल ऐन संशोधन गर्ने अध्यादेश र संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता भएका थिए । वर्तमान राष्ट्रपतिको कार्यकालमा भने यो नै विधेयक फिर्ता पठाइएको पहिलो घटना भएको खबर नरेन्द्र साउदको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर