newskoseli.Com

‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’ भन्दै निर्मलाकी आमाले लिइन् राहत

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् ।

त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने उनले बताएकी छन् । निर्मलाको परिवारलाई तीनै तहका सरकारले (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख गरी) कूल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

निर्मलाकी आमासहित परिवारले विगतमा हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान राख्दै आएको थियो । तर, लामो समयसम्म पनि हत्यारा पत्ता नलागेपछि उनकी आमाले राहत बुझेको खबर मोहन विष्टको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर