newskoseli.Com

बालुवाटारको जग्गा : लाखमा किनेर करोडमा बिक्री

त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी ८ लाख रुपैयाँमा किनेर झन्डै १ करोडका दरले बेचेको भेटिएको छ ।

‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवै जना केही वर्षमै कान्तिपथको ५–७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसम्बद्ध उच्च स्रोतले भन्यो– ‘यस बीचमा उनीहरु अनेक छल, तिक्डम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’

अहिले दुवै जना फरार छन् । अख्तियारले अनुसन्धान सुरु गरेपछि उनीहरुसँग जोडिएका कतिपय सरकारी अधिकारी समेत फरार रहेको खबर कृष्ण ज्ञवालीको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर